
तनहुँमा कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।
बन्दीपुर गाउँपालिका- ६, का वडाध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले सोमबार बिहान वडासचिव नवीन भुसाललाई हातपात गरेका थिए ।
वडाध्यक्षको हातपातबाट घाइते भएका वडासचिव भुसालको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
वडाध्यक्ष गुरुङलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कार्यालयबाट दश दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
वडा अध्यक्ष कप भलिबल खेल सञ्चालनको भुक्तानी प्रक्रिया अगाडि बढाउने विषयमा विवाद हुँदा वडाध्यक्ष गुरुङले सचिव भुसाललाई कुटपिट गरेका थिए ।