०८ साउन २०८३, शुक्रबार

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताले शपथ लिँदै

फागुन ८, २०८१
काठमाडौं
दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताले शपथ लिँदै

 भारतीय जनता पार्टी (भाजपा)की नेतृ रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्रीमा शपथ लिने भएकी  छन् । 

५० वर्षीया गुप्ताले रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो। दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो। भारतीय जनता पार्टीको संसदीय बोर्डले दिल्ली राज्यमा पार्टी व्यवस्थापिका दलको नेताको लागि बुधबार भएको चुनावमा गुप्ता विजयी भएकी थिइन् । 

यससँगै उनी अब महिला मुख्यमन्त्रीको रुपमा दिल्लीको नेतृत्वमा रहने भएकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्