२५ जेठ २०८३, सोमबार

स्वर्गद्वारीघाटमा प्रकृतिको अन्त्येष्टि गरियो

फागुन ८, २०८१
बुटवल
स्वर्गद्वारीघाटमा प्रकृतिको अन्त्येष्टि गरियो

भारतको ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको गृहनगर भैरहवामा अन्त्येष्टि गरिएको छ । 

बुधबार राति नै स्थानीय स्वर्गद्वारीघाटमा उनको अन्त्येष्टि गरिएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।   

लम्सालको शवलाई केही समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी) मा राखिएको थियो । लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केही समय राखिएको थियो । 

त्यसपछि मध्यराति नै अन्तिम संस्कार गरिएको हो । ओडियाबाट गोरखपुरसम्म हवाइजहाजमा र त्यहाँबाट घर एम्बुलेन्समा सव ल्याइएको थियो । 

लम्सालको अन्तिम संस्कारमा भैरहवाबासीको ठूलो संख्यामा सहभागीता थियो । केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी २१ वर्षीय प्रकृति लम्सालको कलेजको छात्रावासमा शव फेला परेको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्