०१ असार २०८३, सोमबार

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु

फागुन ८, २०८१
काठमाडौं
जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु

जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेको तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

 जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्