२३ असार २०८३, मंगलबार

राति जथाभावी फोहोर फाल्ने पाँच जनालाई काठमाडौं महानगरले तिरायो जरिवाना

फागुन ८, २०८१
काठमाडौं
राति जथाभावी फोहोर फाल्ने पाँच जनालाई काठमाडौं महानगरले तिरायो जरिवाना

काठमाडौं महानगरपालिकाले रातिको समयमा जथाभावी फोहोर फालेको भन्दै पाँच जनालाई जरिवाना तिराएको छ ।

महानगरपालिकाले तोकिएको समय र स्थानमा फोहोर नफाली रात्रिकालीन समयमा जथाभावी फोहोर फ्याँकेको भन्दै उनीहरूलाई जरिवाना तिराइएको छ ।

प्रतिव्यक्ति पाँच हजारका दरले उनीहरूबाट २५ हजार रूपैयाँ जरिवाना असुल गरिएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले सफा र व्यवस्थित शहर निर्माणका लागि ‘फोहोर उचित स्थानमा, उचित समयमा’ भन्ने नीति लागू गरेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्