२६ जेठ २०८३, मंगलबार

घाँस काट्ने क्रममा भीरबाट लडेर जाजरकोटमा स्वास्थ्य स्वयंसेविकाको मृत्यु

फागुन ८, २०८१
सुर्खेत
घाँस काट्ने क्रममा भीरबाट लडेर जाजरकोटमा स्वास्थ्य स्वयंसेविकाको मृत्यु

जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ । 

बिहीबार बिहान घाँस काट्दै गर्दा लडेर उनको घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।

कुशे गाउँपालिका–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा उनी भीरबाट लडेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्