
सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गोरखाका ढकाललाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
बैठकले परराष्ट्रमन्त्री आरजु राणा देउवाको जेनेभा भ्रमण समेत स्वीकृत गरेको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं नियमित सत्र अन्तर्गत फागुन १२ देखि १४ गतेसम्म जेनेभामा आयोजना हुने ‘हाइलेभल सेग्मेन्ट’मा भाग लिनका लागि देउवाको भ्रमण स्वीकृत भएको हो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीको राजीनामा स्वीकृत गरेको छ ।
केसीले घरयसी कारण देखाउँदै राजीनामा दिएका थिए ।