२३ जेठ २०८३, शनिबार

श्रीमतीलाई स्वतन्त्र बनाउने भन्दै ६ महिने छोराको हत्या !

मंसिर ७, २०७४
श्रीमतीलाई स्वतन्त्र बनाउने  भन्दै ६ महिने  छोराको हत्या !

जुम्ला, ७ मंसिर - पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन् । 

बीस वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए  । 

एक वर्षअघि कतार बसेर आएका उनले लेखेको सुसाइड नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख भएको उनले बताए  । 

हिरासतमा रहेका उनलाई अहिले कर्तव्य ज्यानअन्तर्गतको मुद्दा अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्