
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वलाई भेटघाट÷संवाद गर्नेगरी ‘सर्वाङ्गीण संवाद’ गर्ने भएको छ । सो कार्यका लागि पार्टीले प्रदेश समितिलाई निर्देशन दिएको छ ।
पार्टीका केन्द्रीय पदाधिकारीको संलग्नतामा यही फागुन तेस्रो सातादेखि सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने आज बसेको रास्वपाको सचिवालय बैठकले निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरे। रास्वपाले सदनमा उठाउनुपर्ने राष्ट्रिय मुद्दा र जनजीविकाका सवालमा सुझाव लिँदै सदनलाई जनता तथा राष्ट्रप्रति थप जवाफदेही बनाउन प्रयत्नशील रहने विषयमा छलफल गरिएको उनले बताए ।