२८ जेठ २०८३, बिहीबार

च्याम्पियन्स ट्रफीमा भारतको विजयी शुरूआत

फागुन ९, २०८१
काठमाडौं
च्याम्पियन्स ट्रफीमा भारतको विजयी शुरूआत

च्याम्पियन्स ट्रफीमा भारतले विजयी शुरूआत गरेको छ । यूएईमा भएको खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै भारतले विजयी शुरूआत गरेको हो ।

२२९ रनको लक्ष्य भारतले ४६ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भारतका शुभमन गिलको नटआउट शतकसँगै केएल राहुलले नटआउट ४१ रन बनाए ।

बङ्गलादेशका रशिद हुसेनले २, तस्कीन अहमद, मुस्तफिजुर रहमानले समान १ विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेश ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २२८ रन बनाएको थियो ।

बङ्गलादेशका तौहीद हृदोयले शतक बनाए । यस्तै जसले अलीले ६८ रन बनाए । भारतका मोहम्मद शमीले ५ , हर्षित राणाले ३ र अक्षर पटेलले २ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्