
राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट सुरू हुन लागेको छ ।
आज पहिलो दिन बृहत भण्डाफोर कार्यक्रम पोखराबाट सुरू हुँदैछ । फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौँ र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ ।
राप्रपाले भ्रष्टाचारको विरोधका साथै हिन्दुराष्ट्र र राजतन्त्र स्थापनाको एजेण्डा स्थापित गर्नका लागि कार्यक्रम गर्न लागेको बताइएको छ ।