०५ असार २०८३, शुक्रबार

बेलुन पड्किएको घटनाः  भारतीय नागरिक दैनिक हाजिरी जमानीमा रिहा

फागुन ९, २०८१
काठमाडौं
बेलुन पड्किएको घटनाः  भारतीय नागरिक दैनिक हाजिरी जमानीमा रिहा

गत शनिबार पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन सत्रमा बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय नागरिक कमलेश कुमारलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको हो ।

उक्त घटनामा नेपाल सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए । उक्त घटना गराएको बेलुनमा अनुमति बिना हाइड्रोजन ग्याँस भरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा उनै कमलेशले बेचेको बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट झिल्को लाग्दा विस्फोट भएको थियो । 

घटनाको छानबिन गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले छानबिन गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्