३० जेठ २०८३, शनिबार

प्रजातन्त्र दिवसमा निःशुल्क मुटु परीक्षण

फागुन ९, २०८१
काठमाडौं
प्रजातन्त्र दिवसमा निःशुल्क मुटु परीक्षण

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बर्दिबासस्थित रोटरी क्लबले नगरक्षेत्रका विद्यालयका छात्रछात्राको मुटु परीक्षण गरेको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा रोटरी क्लबले छात्रछात्राको मुटु परीक्षण गरेको हो । 

बिहीबार सम्पन्न शिविरमा नगरका ११ विद्यालयका पाँच हजार ६७८ छात्रछात्राको मुटु परीक्षण गरिएको थियो । वरिष्ठ हृदयरोग विशेषज्ञ डा. अवनीभूषण उपाध्याय, डा. प्रेमराज वैद्य र डा. प्रकाशराज रेग्मीसहितको १५ सदस्यीय टोलीले शिविर सञ्चालन गरेको हो ।  

सामाजिक सेवा समाजका हरेक वर्गको दायित्व भएको स्मरण गराउँदै डा उपाध्यायले त्यही दायित्व निर्वाह गर्ने सिलसिलामा आफूहरूले शिविर सञ्चालन गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्