
संखुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मकालु गाउँपालिका- ६ बस्ने २६ वर्षीय उपेन्द्र राईको बिहीबार राति करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँस्थित बिजुलीको पोलमा चढी तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।