
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका काश पटेललाई संघीय अनुसन्धान ब्यूरो (एफबीआई)को निर्देशकमा नियुक्त गरेका छन् ।
पटेलले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा पनि साथमा काम गरेका थिए ।
४४ वर्षीय काश पटेलले वकिलको रूपमा आफ्नो करियर शुरू गरेका थिए। उनले हत्या, लागूपदार्थ र जटिल आर्थिक अपराधसम्बन्धी मुद्दामा अदालतमा बहस गरेको बीबीसी हिन्दीले जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार पटेलले कार्यवाहक अमेरिकी रक्षा सचिव क्रिस्टोफर मिलरको चिफ अफ स्टाफको रूपमासमेत काम गरिसकेका छन् ।
डेमोक्रेटिक पार्टीका सबै सांसदका साथै रिपब्लिकन पार्टीका दुई सांसदले पटेलको नियुक्तिको विपक्षमा मतदान गरेका थिए ।
नियुक्तिको लागि पटेलले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।