२७ जेठ २०८३, बुधबार

सुनको जलहरी प्रकरण : विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

फागुन ९, २०८१
काठमाडौं
सुनको जलहरी प्रकरण : विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

पशुपतिमा सुनको जलहरी निर्माण गर्दा भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको छ ।

झन्डै डेढ किलो सुन हिनामिना गरेको आरोपमा अख्तियारले कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन थापा, सदस्य सचिव प्रदीप ढकाल र विशेष नाइके(स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तर, विशेष अदालतले २०८१ वैशाख १८ गते प्रतिवादी डा. प्रदीप ढकाल, डा. मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको थियो। सोही फैसलाप्रति असन्तुष्टि जनाउँदै आयोगले सर्वोच्च अदालतमा पुनरावेदन  गरेको हो।

विशेष अदालतले ठोस प्रमाण नभएको भन्दै प्रतिवादीहरूलाई सफाइ दिएपछि अख्तियारले उक्त फैसलामा गम्भीर त्रुटि भएको दाबी गर्दै पुनरावेदन दायर गरेको हो।

salt training

कमेन्ट गर्नुहोस्