
नुवाकोट, ७ मंसिर – जिल्ला निर्वाचन कार्यालय नुवाकोट अगाडि बम फेला परेको छ । बम फेला परेसँगै स्थानीयले सुरक्षा निकायलाई खबर गरेका थिए ।
यतिबेला विदुर नगरपालिकाको मुख्य सडक अवरुद्ध भएको छ भने सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पार्न लागेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।