०१ असार २०८३, सोमबार

थाइल्याण्डबाट पाँच नेपाली नागरिकको उद्धार

फागुन ९, २०८१
काठमाडौं
थाइल्याण्डबाट पाँच नेपाली नागरिकको उद्धार

अनलाइन स्क्यामिङसम्बन्धी कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावास, बैंककले उद्धार गरी नेपाल फर्काएको छ।
 थाइल्याण्ड सरकारको सहयोगमा उद्धार गरिएका पाँच जना नेपालीमध्ये चार जना पुरुष र एक जना महिला रहेका छन्। उनीहरूलाई आज नेपाल फर्काइएको राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ।

राजदूतावासका अनुसार, नेपाल सरकारले तोकेको मापदण्ड विपरीत भिसा लिएर विदेश गएर गैरकानुनी रूपमा रोजगारी गर्ने क्रम बढ्दो छ। धेरै पैसा कमाउने लोभमा नेपालीहरू ठगीमा परेर मानव तस्करी तथा शोषणको शिकार बन्ने गरेका छन्। राजदूतावासले यसप्रकारका गैरकानुनी गतिविधिबाट जोगिन नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्