२३ असार २०८३, मंगलबार

म्याक्रोन र स्टार्मरले युद्ध अन्त्य गर्न केही नगरेको ट्रम्पको आरोप

फागुन १०, २०८१
काठमाडौं
म्याक्रोन र स्टार्मरले युद्ध अन्त्य गर्न केही नगरेको ट्रम्पको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनमा युद्ध अन्त्य गर्न 'केही नगरेको' आरोप लगाएका छन् । 

यी दुवै नेताले अर्को साता ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पलाई भेट्ने कार्यक्रमअघि राष्ट्रपति ट्रम्पले यस्तो आरोप लगाएका हुन् । राष्ट्रपति म्याक्रोन सोमबार वाशिंगटन डीसी पुग्न सक्नेछन् भने प्रधानमन्त्री स्टार्मर बिहीबार ह्वाइट हाउस पुग्ने सम्भावना छ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग शान्ति सम्झौताको कुनै बाटो नभएको बताएका छन् । 

रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता बेलायत, फ्रान्स र अन्य सहयोगी राष्ट्रहरूले युक्रेनलाई हतियार र अन्य सहायता पठाउँदै आएका छन् ।

सोमबार पेरिसमा युरोपेली नेताहरूले युक्रेनको विषयमा आपतकालीन बैठक गरेका थिए । यो बैठक भोलिपल्ट साउदी अरबमा अमेरिका र रुसबीचको बैठक हुनुभन्दा ठीक एक दिनअघि भएको हो ।

बेलायती प्रधानमन्त्री स्टारर र फ्रान्सेली राष्ट्रपति म्याक्रोनको आलोचना गरे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा युरोपेली नेताहरूको प्रशंसा गरेका थिए । उनले राष्ट्रपति म्याक्रोनलाई ‘मित्र’ र प्रधानमन्त्री स्टाररलाई ‘असल व्यक्ति’ भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्