३१ जेठ २०८३, आइतबार

अस्ट्रेलियामा भेटियो सेतो गोही

अस्ट्रेलियामा भेटियो सेतो गोही

काठमाडौं, ७ मंसिर — उत्तरी अस्ट्रेलियामा सेतो रंगको पूर्ण विकसित गोही देखिएको छ । यो दुर्लभ दृश्यले पर्यटन व्यवसायीलाई उत्साहित तुल्याएको छ ।

आइतवार डार्बिननजिक एडिलेड नदीमा देखिएको गोहीको नाम पर्ल राखिएको छ । 

एक प्रत्यक्षदर्शीका अनुसार, गोहीको लम्बाइ १० फीट छ । 

जीववैज्ञानिकहरूका अनुसार, यो गोही हाइपोमेलनिजमका कारण पहेंलो रंगको देखिन्छ । हाइपोमेलनिजम हुँदा छालाको रंग निर्धारण गर्ने मेलनिनको मात्रा कम हुन्छ । 

स्थानीयहरूले यो गोहीको सम्बन्ध सन् २०१४ मा मारिएको सेतो गोहीसँग हुनसक्ने बताएका छन् । त्यो गोहीलाई एक माझीले मारेका थिए । 

गैरसरकारी वन्य जीवन संरक्षण समूहका अध्यक्ष ब्रोडीले भनिन्, ‘हामी सबै एकदमै उत्साहित छौं । म भावविभोर भएर सेतो गोहीलाई हेरिरहें ।’

अस्ट्रेलियामा धेरैजसो गोहीको रंग खैरो वा हरियो हुन्छ । यस्तो रंगले उनीहरूलाई लुक्न मद्दत गर्छ । 

चार्ल्स डार्बिन विश्वविद्यालयमा अनुसन्धान सहायक एडम ब्रिटनले पर्लको हाइपोमेलनिजमको कारण कि आनुवंशिकता कि त अण्डा पार्ने प्रक्रियाका कारण भएको बताए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्