१२ साउन २०८३, मंगलबार

हमासले आज थप ६ बन्धक रिहा गर्दै, बदलामा इजरायलले ६०२ प्यालेस्टिनी छाड्ने

फागुन १०, २०८१
काठमाडौं
हमासले आज थप ६ बन्धक रिहा गर्दै, बदलामा इजरायलले ६०२ प्यालेस्टिनी छाड्ने

प्यालेस्टाइनको लडाकु संगठन हमासले ६ जना इजरायली बन्धकलाई आज रिहा गर्ने भएको छ । बदलामा इजरायलले ६०२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

हमासले रिहा गर्न लागेका बन्धकमा एलिया कोहेन, ओमेर शेम टोभ, ताल शोहम, ओमर वेन्कर्ट, हिशाम अल-सयद र एवेरा मेन्गिस्टो रहेका छन् । 

यससँगै इजरायलले इजिप्टको सिमाना हुँदै गाजामा मलबे हटाउने मेसिनहरू लैजान अनुमति दिनेछ।

गत महिना लागू भएको युद्धविराम सम्झौताअन्तर्गत बन्धक र प्यालेस्टिनी कैदीहरूको यो सातौं आदानप्रदान हुनेछ।

हमासले बिहीबार चार इजरायली बन्धकको शव इजरायललाई फिर्ता गरेको थियो । जसमा शिरी बिबास र उनका दुई छोराछोरी एरियल बिबास र केफिर बिबासको थिए ।

चौथो शव ८३ वर्षीय ओडेड लिफिशुट्जको थियो। तर इजरायलले आफूलाई हस्तान्तरण गरिएको शव शिरी बिबासको नभएको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्