
प्युठानको माण्डवी गाउँपालिका–२ स्थित रातापानीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । ६० वर्षका रामबहादुर परियार र उनकी पत्नी ५६ वर्षकी हुकुमा शनिबार घरमै मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपेश बस्यालले दुवै जनाको शव उनीहरूकै घरमै फेला परेको जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका उनीहरूको हत्या भएकोजस्तो देखिएको छ । मृतकहरूको शरीर र टाउकोमा चोट देखिएकाले हत्या भएको प्रहरीले अनुमान छ ।
शुक्रबार साँझ खाना खाएर सुतेका परियार दम्पती शनिबार बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए ।
प्युठान प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक केशव केसीले डीएसपी बस्यालको नेतृत्वमा अपराध अनुसन्धान शाखाका सात जना प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको छ ।