
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर थप तीन वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले नियमित उडान गर्ने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर इन्डिया एक्सप्रेस, स्पाइस जेट र आकाशा एयरले काठमाडौँमा नियमित व्यावसायिक उडानको तयारी थालेका हुन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एयर इन्डिया एक्सप्रेसले हप्ताको चार वटा (महिनामा २८) र स्पाइस जेटले दैनिक एक उडानको अनुमति पाएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।