०८ साउन २०८३, शुक्रबार

बंगलादेश र पाकिस्तानी हिन्दूको दु:खद् वास्तविकता: बाँच्नकै लागि मुस्लिम बन्ने कि पहिचान लुकाउने ?

फागुन ११, २०८१
काठमाडौं
बंगलादेश र पाकिस्तानी हिन्दूको दु:खद् वास्तविकता: बाँच्नकै लागि मुस्लिम बन्ने कि पहिचान लुकाउने ?

दक्षिण एसियाको पहिचान शताब्दीयौंदेखि विविध संस्कृति र धर्मले तय गर्ने गरेको छ  । तैपनि, विगत सात दशकमा एउटा विचलित पार्ने केही परिदृश्य देखा परिरहेका छन् । ​

बंगलादेश र पाकिस्तानमा घट्दो हिन्दू जनसंख्या (अल्पसंख्यक)को हृदयविदारक कथा  । जबकि, भारतमा मुस्लिम जनसंख्या फस्टाएको छ ।

यो तथ्यांक मात्र एउटा संख्या होइन, त्यसमा लाखौं समुदायको उखेलिएका र चकनाचुर भएका सपना समावेश छन् । मान्छेको बाँच्ने हकको अवस्था त्यसले प्रतिबिम्बित गरेको छ ।

बंगलादेशको वास्तविकता

बंगलादेश यस्तो भूमि थियो जहाँ हिन्दूका पुर्खाहरू पुस्तौंदेखि बस्दै आएका थिए । त्यहाँका मन्दिरहरू प्रार्थनाले गुन्जिने गरेका थिए ।

त्यहाँ चाडपर्वहरू भव्यताका साथ मनाइन्थ्यो, तर पछिल्लो केही दशकमा यो सबै गायब भएको छ । यो बंगलादेशका हिन्दूहरूको लागि दु:खद् वास्तविकता हो ।

२०औं शताब्दीको शुरूआतमा पूर्वी बंगालको जनसंख्याको एक महत्त्वपूर्ण भाग हिन्दूको थियो । सन् १९०१ मा लगभग ३३ प्रतिशत जनसंख्या ओगट्ने हिन्दूको संख्यामा १९४७ मा भएको भारतको विभाजनपछि तीव्र गिरावट आउन थाल्यो ।

त्यतिबेलाको पूर्वी पाकिस्तान (अहिले बंगलादेश)को निर्माण पछि भएको सामूहिक हिंसा र जबर्जस्ती बसाइँसराइका कारण १९५१ सम्ममा हिन्दू जनसंख्या २२ प्रतिशतमा झर्‍यो ।

सन् १९७१ मा बंगलादेशले स्वतन्त्रता प्राप्त गर्दा हिन्दूले जनसंख्याको केवल १३ दशमलव ५ प्रतिशत ओगटेका थिए । २०२२ को पछिल्लो जनगणनाले हिन्दू केवल ७ दशमलव  ९५ प्रतिशत रहेको रिपोर्ट गरेको छ, जसलाई एक आश्चर्यजनक गिरावट मानिएको छ ।

यो ठूलो गिरावटको कारण के थियो ? यो केवल प्राकृतिक बसाइँसराइ वा कम जन्मदर मात्र थिएन । स्वतन्त्र रिपोर्टहरूका अनुसार १९७१ को बंगलादेश मुक्ति युद्धमा हिन्दूहरूलाई लक्षित गरिएको थियो, जसमा अनुमानित २४ लाख मानिसहरू मारिएका थिए ।

हिन्दू समुदाय कहिल्यै पनि यस्तो आघातबाट पूर्ण रूपमा मुक्त हुन सकेन । आज पनि हिंसा, जग्गा हडप्ने र भेदभावले हिन्दूहरूलाई आफ्नो मातृभूमिबाट बाहिर धकेलिरहेको छ ।

गत अगस्तमा प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि बंगलादेश राजनीतिक अराजकतामा फस्यो । हिन्दू घर, व्यवसाय र मन्दिर दंगाकारीका लागि सजिलो निशाना बने । हिंसाका कारण दर्जनौंको मृत्यु भयो भने हजारौं हिन्दू नागरिक आफ्नो घर छोड्न बाध्य भए ।

हिन्दू विरोधी हिंसालाई नियन्त्रण गर्न सरकारले छिटपुट प्रयास त जारी राखेको छ तर पलायन रोकिएको छैन । धेरै बंगलादेशी हिन्दूले भारतलाई आफ्नो अन्तिम शरणस्थानको रूपमा हेर्छन्, जबकि पछाडि पारिएकाहरू डरमा बाँचिरहेका छन् ।

पाकिस्तान: जिन्नाको सपनामा  हराइरहेका हिन्दू

सन् १९४७ मा पाकिस्तान गठन हुँदा मोहम्मद अली जिन्नाले सबै धार्मिक समुदाय बस्न सक्ने गरी एउटा राज्यको स्थापना गर्ने परिकल्पना गरेका थिए ।

यद्यपि, इतिहासले फरक मोड लियो । विभाजनको समयमा पाकिस्तानको जनसंख्याको लगभग १४ दशमलव ६ प्रतिशत हिन्दू थिए । त्यसपछि भएको हिंसात्मक उथलपुथलले ठूलो मात्रामा हिन्दू जनसंख्या भारत पलायन भयो र आज लगभग २ दशमलव ५ प्रतिशतमा झरेको छ ।

जबर्जस्ती धर्म परिवर्तन, अपहरण र प्रणालीगत भेदभावले धेरै हिन्दूहरूलाई भाग्न वा आफ्नो पहिचान लुकाउन बाध्य पारेको छ ।

पाकिस्तानको मानव अधिकार आयोगको एक प्रतिवेदनले गरेको अनुमानअनुसार हरेक वर्ष लगभग १ हजार हिन्दू युवतीलाई अपहरण गरी जबर्जस्ती इस्लाम धर्ममा धर्म परिवर्तन गरिन्छ । यी घटनाका पीडितले विरलै न्याय पाउने गरेका छन् ।

पाकिस्तानका हिन्दूको अवस्थालाई सिन्धकी १४ वर्षीया बालिका सोहाना कुमारीको कथाबाट राम्रोसँग बुझ्न सकिन्छ । उनलाई २०२३ मा अपहरण गरिएको थियो । उनको परिवारले न्याय पाउन धेरै प्रयास गर्यो तर अदालतले उनको 'धर्म परिवर्तन' को पक्षमा फैसला सुनायो ।

अदालतले उनले स्वेच्छाले धर्म परिवर्तन गरेको दाबी गरेको थियो । 'उनी मेरी सानी छोरी थिइन्, उनलाई पुतलीहरूसँग खेल्न मन पर्थ्यो । उनले यो जीवन कसरी रोज्न सक्थिन् र ?', कराँची अदालत बाहिर उभिएर उनकी आमा रोएकी थिइन् ।

सन् २०२२ मा १८ वर्षीया हिन्दू युवती पूजाको अपहरण हुन लागेको थियो । उनले त्यसको प्रतिरोध गरेपछि सिन्धको सुक्कुरमा निर्ममतापूर्वक हत्या गरियो ।

दण्डहीनताको संस्कृतिले उत्साहित उनका हत्याराले उनलाई विवाह र धर्म परिवर्तन गर्न जबर्जस्ती गर्ने प्रयास गरे तर, उनले प्रतिकार गरिन् त्यसपछि गोली हानी मारियो । उनको दु:खद् मृत्युले पाकिस्तानको हिन्दू समुदायमा आक्रोश फैलायो, ​​तर अपराधीविरुद्ध गरिएको कारबाही निकै कमजोर थियो ।

त्यस्तै, अर्की हिन्दू युवती प्रियालाई २०२२ मा अपहरण गरी जबर्जस्ती धर्म परिवर्तन गराइएको थियो । प्रशासनले त्यसमाथि हस्तक्षेप गर्न सकेन । बारम्बार अपील गर्दा पनि उनको मुद्दालाई बेवास्ता गरियो । यी उदाहरणहरूले पाकिस्तानमा अल्पसंख्यक समूहका लागि गहिरो जरा गाडेको भेदभाव र कानुनी सुरक्षाको अभावलाई प्रतिबिम्बित गर्दछन् ।

संयुक्त राष्ट्र संघ र मानव अधिकार समूहहरूको प्रतिवेदन अनुसार पाकिस्तानमा प्रत्येक वर्ष सयौं हिन्दू र इसाई युवती र बालिकालाई अपहरण गरिन्छन् ।

पाकिस्तान मानव अधिकार आयोग (एचआरसीपी) ले सरकारलाई जबर्जस्ती धर्म परिवर्तनविरुद्ध कडा कदम चाल्न आह्वान गरेको छ, तर राजनीतिक इच्छाशक्तिको अभाव र अतिवादी तत्वको प्रभावका कारण समस्या यथावत् छ ।

पाकिस्तानमा राजनीति र न्यायपालिकामा अल्पसंख्यकको प्रतिनिधित्व निकै कम छ । पाकिस्तानी हिन्दूहरू शासनमा धेरै हदसम्म अदृश्य छन्, संस्थागत उपेक्षाको भारले उनीहरूको आवाज दबिएको छ ।

भारतको स्थिति

भारतको मुस्लिम जनसंख्या भने आफ्ना धेरै छिमेकी देशको तुलनामा उल्लेखनीय वृद्धि भएको छ । सन् १९४७ मा देशको कूल जनसंख्याको लगभग ९ दशमलव ८ प्रतिशत मुस्लिमहरू थिए । सन् २०२५ को पछिल्लो तथ्यांक अनुसार मुस्लिमको जनसंख्या लगभग १७ प्रतिशत पुगेको छ । यसले जसले जनसांख्यिकीय परिवर्तन र देशको सामाजिक गतिशीलता दुवैलाई प्रतिबिम्बित गरेको छ ।

यो वृद्धिले भारतमा धार्मिक स्वतन्त्रताको अधिकार सुरक्षित रहेको बताउँछ । समय-समयमा साम्प्रदायिक तनाव देखा परे पनि, भारतले मुस्लिमलाई व्यवसाय, राजनीति, शिक्षा र मनोरञ्जन जस्ता विभिन्न क्षेत्रमा फस्टाउने वातावरण प्रदान गरेको छ ।

वास्तवमा, भारतले मुस्लिम व्यक्तित्वलाई नेतृत्वको उच्चतम तहमा पुर्‍याएको छ । भारतले मुस्लिमलाई राष्ट्रपतिको रूपमा मानेको छ भने बलिउडको ख्याति कमाउने, प्रभावशाली व्यापारिक घराना बन्नेदेखि सर्वोच्च अदालतका न्यायाधीश जस्ता उच्च ठाउँमा महत्त्वपूर्ण भूमिका खेल्ने वातावरण पैदा गरेको छ ।

भारत धार्मिक अल्पसंख्यकका लागि सबैभन्दा समावेशी राष्ट्र बन्न पुगेको छ । ११० देशको सर्वेक्षणमा आधारित एउटा प्रतिवेदनले धार्मिक अल्पसंख्यकको स्वीकृतिको लागि भारतलाई दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाभन्दा अगाडि पहिलो स्थानमा राखेको छ ।

यसको विपरीत, बेलायत र युएई ५४औं र ६१औं स्थानमा धेरै तल छन् । प्रतिवेदनले भारतको उच्च स्थानको श्रेय भाषिक र धार्मिक अल्पसंख्यकहरूको उन्नतिको लागि यसको संवैधानिक प्रावधानहरूलाई दिएको छ । विशेष गरी भारतलाई संस्कृति र शिक्षामा कुनै पनि धार्मिक सम्प्रदायमा प्रतिबन्ध नलगाइ विविधतालाई बढावा दिने देश बनाएको छ ।

यसबाहेक, भारत यस क्षेत्रको एक मात्र देश हो जहाँ धार्मिक अल्पसंख्यक (विशेष गरी मुस्लिम समुदाय)ले विभिन्न तनावका बाबजुद र प्रणालीगत उत्पीडन वा सीमान्तीकरणबिना नै निरन्तर जनसांख्यिकीय वृद्धि देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्