
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सत्तामा फर्किने इच्छा भए ०८४ सालको चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएकी छिन् । तर, गणतन्त्रमाथिको आक्रमण स्वीकार्य नभएको उनले बताइन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद न्यौपानेले प्रजातन्त्र दिवसको नाममा पूर्वराजा ज्ञानेन्द्रले दिएको सन्देश आपत्तिपूर्ण रहेको बताएकी हुन् ।
‘यो व्यवस्था कसैको निगाहामा आएको होइन, जनताको बलिदानीबाट आएको हो । त्यसैले गणतन्त्रमाथि आक्रमण स्वीकार्य छैन’, न्यौपानेले भनिन्, ‘सत्तामा फर्किने हो भने ०८४ सालको चुनावमा भाग लिनोस् ।’
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको अभिव्यक्तिले राजनीतिक तरंग सृजना गरेको छ ।