२६ असार २०८३, शुक्रबार
मन्त्रीविरुद्ध जथाभावी लेखेपछि...

दूधकोशी आयोजनाका प्रमुख गुरुङलाई तत्काल हटाउन प्राधिकरणलाई मन्त्रालयको ताकेता

फागुन ११, २०८१
काठमाडौं
दूधकोशी आयोजनाका प्रमुख गुरुङलाई तत्काल हटाउन प्राधिकरणलाई मन्त्रालयको ताकेता

दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई तत्काल पदबाट हटाउन ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

ऊर्जामन्त्री, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेका गुरुङलाई पदबाट हटाएर तत्काल त्यसको जानकारी गराउन मन्त्रालयले बिहीबार नै प्राधिकरणलाई पत्र लेखेको पाइएको हो ।

गुरुङलाई हटाउनेबारे प्राधिकरण सञ्चालक समितिमा समेत छलफल तथा निर्देशन भएपनि अहिलेसम्म नहटाइएको भन्दै ताकेतास्वरूप मन्त्रालयले पत्र लेखेको हो ।

'तहाँ प्राधिकरणअन्तर्गत सञ्चालित दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भै निर्देशन समेत भैसकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ,' पत्रमा भनिएको छ । 

गुरुङले ऊर्जामन्त्री दीपक खड्कालाई 'बिचौलिया' र वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीलाई 'कुपात्र' भन्दै सामाजिक सञ्जाल फेसबूकमा अमर्यादित टिप्पणी गरेका थिए ।

पढ्नुहोस्, यो पनि :

प्राधिकरणका कर्मचारीले मन्त्रीलाई 'बिचौलिया' र ऊर्जाविज्ञलाई 'खलपात्र' भनेपछि...
 

salt training

कमेन्ट गर्नुहोस्