१५ असार २०८३, सोमबार

आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ

फागुन ११, २०८१
काठमाडौं
आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ

आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट १३ जना पक्राउ परेका छन् । लागुपदार्थ बोकेको अभियोगमा सबैभन्दा धेरै पक्राउ परेका हुन् ।  

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका–३२ मजुवा, कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेट, बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ र रुपन्देही, सैनामैना नगरपालिका–१ रानिबगिया चोकबाट गाँजासहित सात जनालाई शनिबार पक्राउ गरिएको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१, टीकापुर नगरपालिका–७ बनगाउँ,      सुनसरीको धरान उपमहानगरपालिका–१७ सिमी चोकबाट पाँच जनालाई खेरो हेरोइन तथा चिकित्सकको पुर्जीबिना विविध ठूलो परिमाणमा औषधिसहित पक्राउ गरिएको छ ।

साथै कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेपाखाका  ५९ वर्षीय मनबहादुर विकलाई दुई थान भरुवा बन्दुक र बारुदसहित नियन्त्रणमा लिइएको छ ।

अभियुक्त सबैलाई कानूनी कारबाहीका निम्ति सम्बन्धित निकायमा पठाइएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्