
नेपाल फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)को 'ग्रे लिस्ट'मा परेपछि आइतबार शेयर बजार निकै उतारचढावपूर्ण देखिएको छ ।
शुरूमै उच्च अंकले घटेर २६९२ सम्म झरेको नेप्से अन्तिममा ११.६६ अंकले बढेर २७५५.४० अंकमा बन्द भएको छ ।
सब इन्डेक्सतर्फ अदर सबैभन्दा बढी ३.७२ प्रतिशतले बढ्दा म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ २.७८ र इन्भेस्टमेन्ट १.३३ प्रतिशतले बढेको छ ।
अन्य सेक्टरमा नेप्सेकै औसतमा वृद्धि हुँदा विकास बैंक, फाइनान्स, होटल, हाइड्रोपावर, माइक्रोफाइनान्स र ट्रेडिङमा गिरावट आएको छ ।
आइतबार कारोबार रकम भने ११ अर्ब ५४ करोड पुगेको छ ।