१८ असार २०८३, बिहीबार

एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा

बोनस डेटा र टक टाइमका साथै उपहार जित्न सकिने
फागुन ११, २०८१
काठमाडौं
एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा

एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरूका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यसअन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरू किन्दा ग्राहकहरूले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्छन् ।

आज आइतबार (फागुन ११)बाट शुरू भई चैत ९ सम्म सञ्चालनमा रहने यो अफरअन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकहरू मध्ये कुनै एक प्याकको खरिद गर्न सक्नेछन् ।

यसरी छानिएका प्याकहरूमा सधैं अन अन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड रहेका छन् । सधैं अनका प्याकहरूका प्याक अनुसार ग्राहकहरूले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रुपमा पाउँछन् । होम एन्ड अवेका प्याक किन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइन्छ । त्यसैगरी, ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्दछन् ।

शुरूआतमा एनसेल एपको विशेष अफरका रुपमा सञ्चालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकहरूलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागू भएको हो ।

उदाहरणका लागि खल्तीबाट सधैं अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अनलिमिटेड अल–नेट टक टाइम, ३० जीबी डेटा, ७९ अल–नेट एसएमएस बाहेक ग्राहकहरूले अब थप ५ जीबी बोनस डेटा प्राप्त गर्न सक्छन् ।

खल्तीसँगको यो साझेदारीले ग्राहकहरूलाई डिजिटल कारोबारका लागि प्रोत्साहन प्रदान गर्ने र उनीहरूका लागि सेवामा पहुँच अझै सुलभ हुने विश्वास एनसेलले लिएको छ ।

यसका अतिरिक्त, एनसेलले हरेक शनिबार एनसेल एपमा सञ्चालन गर्दै आएको फ्ल्यास सेललाई जारी राखेको छ ।

एनसेल एपबाट शनिबारका दिन सेवा खरिद गर्दा ग्राहकहरूले बोनसका साथै फागुन २४ सम्मका लागि न्यूम्यूका सामान किन्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्