२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री कप क्रिकेट शुरू, उद्‌घाटन खेलमा दार्चुला विजयी

फागुन ११, २०८१
बैतडी
प्रधानमन्त्री कप क्रिकेट शुरू, उद्‌घाटन खेलमा दार्चुला विजयी

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा शुरू भएको छ । 

दशरथचन्द क्रिकेट मैदानमा आज भएको उद्‌घाटन खेलमा दार्चुलाले बझाङलाई  ११ रनले हरायो ।

जीतका लागि पाएको एक ३५ रनको लक्ष्य पछ्याएको बझाङ निर्धारित २५ ओभरमा नौ विकेटको क्षतिमा एक सय २३ रन  बनाउन सफल भयो ।

खेलाडी गजेन्द्र भण्डारीले सर्वाधिक ४२ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन् ।

पहिला ब्याटिङ गरेको दार्चुला २४ दशमलब ४ ओभरमा एक सय ३४ रनमा समेटियो । दार्चुलाका रूपसिंह खातीले ३० र नरेन्द्र महराले १७ रन बनाए भने बझाङका सञ्जय बोहराले ३,अभिनास सिंह र भरत चन्दले समान २ विकेट हात पारे । 

प्रतियोगिताको  प्रारम्भ नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले  उद्‌घाटन गरेका हुन् ।

त्यस अवसरमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी, उपाध्यक्ष रमेशबहादुर बोहरा,कोषाध्यक्ष दिनेश सिंह, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दलगायत उपस्थित थिए ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सह-आयोजनामा जारी प्रतियोगितामा सुदूरपश्चिम  प्रदेशका आठ टोलीबीच स्पर्धा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्