१६ असार २०८३, मंगलबार

अब पार्टी भित्र अन्याय हुन दिन्न- शेखर कोइराला

फागुन ११, २०८१
बाँके
अब पार्टी भित्र अन्याय हुन दिन्न- शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेता कार्यकर्तामाथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्  ।

कांग्रेसको राप्तीस‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्‌घाटन गर्दै डा. कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन् ।

’ढुक्क भएर संगठन निर्माण गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस्,' उनले भने ।

सबै तहका कांग्रेस कार्यकर्तालाई पार्टीको विधानअनुसार अघि बढ्न पनि उनले निर्देशन दिए । ​​

null

व्यक्ति नभई संस्था बलियो बनाउनुपर्ने भन्दै उनले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताए ।

निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता कोइराला शनिबार नेपालगन्जमा आइपुगेका हुन् ।

null

salt training

कमेन्ट गर्नुहोस्