
काठमाडौं, ७ मंसिर — अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी जेठी छोरी मालियाले एक रहस्यमय व्यक्तिलाई चुम्बन गरेको भिडियो यतिबेला भाइरल भएको छ ।
हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत मालियाले हालै सम्पन्न हार्वर्ड र येल विश्वविद्यालयबीचको फूटबल खेलका बेलामा एक रहस्यमयी व्यक्तिलाई किस गरेको फोटो क्यामरामा कैद भएको थियो । म्याचमा धेरै भीड थियो र धेरै विद्यार्थीहरू त्यहाँ उपस्थित थिए । 
ओबामाकी १९ वर्षीया पुत्री मालिया पनि पहेंलो ज्याकेटमा त्यहाँ देखिएकी थिइन् । मालियाले एक पुरुषलाई किस गर्दा सबैको ध्यान खिँचियो । उनी उक्त युवकका साथ सहज देखिन्थिन् र उनको हर्कत क्यामरामा कैद भयो ।
मालियाले चुमेको युवक को हो भन्ने जानकारी सञ्चारमाध्यमहरूले पत्ता लगाइछाडे । उनी बेलायती विद्यार्थी रोरी फारकुहारसन हुन् । 
मालियाले रोरीलाई चुम्बन गरेको मात्र नभई उनीसँग चुरोट पनि पिएकी थिइन् । उनका तस्वीरहरू भाइरल भएका छन् ।
हेरौं भिडियो :
एजेन्सी