११ असार २०८३, बिहीबार

श्रीमतीको हत्या गरेको आरोपमा रोल्पामा एक जना पक्राउ

फागुन १३, २०८१
काठमाडौं
श्रीमतीको हत्या गरेको आरोपमा रोल्पामा एक जना पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा रोल्पामा एक जना पक्राउ परेका छन् । 

आफ्नै श्रीमती ३२ वर्षीया अस्मिता बुढामगरको हत्या गरेको आरोपमा त्रिवेणी गाउँपालिका-६ थुम्का बस्ने ४० वर्षीय खिमलाल बुढालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

खिमलालले खुकुरी प्रहार गर्दा अस्मिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्रात हुनासाथ इलाका प्रहरी कार्यालय होलेरी र प्रहरी चौकी जुगारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्