२१ जेठ २०८३, बिहीबार

अङ्ग्रेजी भाषा शिक्षकहरूको अन्तराष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदै

फागुन १३, २०८१
काठमाडौं
अङ्ग्रेजी भाषा शिक्षकहरूको अन्तराष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदै

अङ्ग्रेजी भाषा शिक्षक, भाषाविज्ञ र अनुसन्धादाताहरूको सहभागिता रहने २९ औं नेल्टा अन्तराष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौँमा सुरु हुँदैछ । सम्मेलन फागुन १७ गतेसम्म  जारी रहनेछ । 

करिब २० देशबाट प्रतिनिधत्व रहने उक्त सम्मेलनको नेपाल सरकारका उपप्रधान मन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने आयोजक नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा)ले मङ्गलबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

पत्रकार सम्मेलनमा बोल्दै नेल्टा अध्यक्ष प्राध्यापक डाक्टर लक्ष्मण ज्ञवालीले ललितपुरको हातिवनस्थिति लिटिल एन्जल्स स्कुलको सभाहलमा उक्त सम्मेलन आयोजना हुने बताए । उनका अनुसार सम्मेलनमा नेपाल लगायतका अन्तराष्ट्रिय विज्ञहरूको अङ्ग्रेजी शिक्षा, व्याबहारिक भाषा विज्ञान र विभिन्न विषय बस्तु र क्षेत्रहरू गरी २ सय भन्दा प्रस्तुतिहरू रहने छन् ।

सम्मेलनमा नेपाल लगायत बेलायत,  संयुक्त राज्य अमेरिका,  जापान,  सिंगापुर,  मलेसिया,  भारत,  इन्डोनेसिया, बङ्गलादेश,  थाइल्यान्ड, रुस,  मङ्गोलिया, श्रीलङ्का र  नेपाल देशका मुख्य वक्ताहरू, विशेष वक्ताहरू र प्यानलिस्टहरू गरी १ हजार भन्दा बढी सहभागी हुनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्