
भारतको प्रख्यात विद्युतीय सवारी निर्माता टाटा ईभीको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कर्भ ईभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ ।
राजधानीमा आयोजित 'टाटा ईभी : चार्जज्ड फर द फ्युचर' कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खंडेलवालले कर्भ ईभी सार्वजनिक गरेका हुन्।
टाटा कर्भ ईभीको टप भेरिएन्ट मूल्य रु. ५६.९९ लाख रहेको छ ।
सोही कार्यक्रममा कर्भ ईभीको साथै टाटाका नयाँ गाडीहरू नेक्सन केथ्री ईभी र टियागो ईभी २०२५को मोडल पनि नेपालमा डेलिभरी शुरू भएको घोषणा गरियो ।

