०६ साउन २०८३, बुधबार

महाकुम्भबाट फर्किंदै गरेका श्रद्धालु सवार कार घरमा घुस्यो, चार जनाको मृत्यु

फागुन १४, २०८१
काठमाडौं
महाकुम्भबाट फर्किंदै गरेका श्रद्धालु सवार कार घरमा घुस्यो, चार जनाको मृत्यु
एआई जेनेरेटेड प्रतिकात्मक तस्वीर ।

भारतको उत्तर प्रदेशस्थित प्रतापगढमा एउटा भयानक दुर्घटनाको भएको छ । प्रयागराज–अयोध्या राजमार्गमा राति ३ बजेतिर दुर्घटना भएको हो । 

तीव्र गतिमा आएको कार अनियन्त्रित भएर घरमा ठोक्किएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । घरमा सुतिरहेका श्रीमान् श्रीमती पनि गम्भीर घाइते भएका छन् ।

इन्डिया टुडेको खबर अनुसार दुर्घटनापछि कारमा सवार श्रद्धालुलाई स्थानीय बासिन्दा र प्रहरीले निकै प्रयासपछि बाहिर निकालेका थिए । 

कारमा सात जना सवार थिए । सबै झारखण्डका बासिन्दा हुन् । प्रयागराज महाकुम्भबाट नुहाएर फर्कदै गर्दा दुर्घटना भएको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्