२२ जेठ २०८३, शुक्रबार

माछा मार्न गएका युवकको मृत्यु

फागुन १४, २०८१
सुनसरी
माछा मार्न गएका युवकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका– ३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर मृत्यु भएको हो । 

प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे विस्तृत जानकारी हुने उनले बताए ।

घटना पश्चात् आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गरेपछि घटनास्थल पुग्नुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताए ।

उनले घटनामा कोही दोषी देखिएमा निजलाई कानूनी कारबाही गरिने प्रतिबद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्