२४ जेठ २०८३, आइतबार

नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान

फागुन १४, २०८१
काठमाडौं
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान

 राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (नेशनल प्याब्सन) का तीन पूर्वअध्यक्षहरूले यही फागुन  १५ र १६ गते हुने मधेस प्रदेशको वीरगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय महाधिवेशन वैधानिक हुने जिकिर गर्दै त्यसमा सहभागी हुन आह्वान जारी गरेका छन् । 

आसन्न महाधिवेशनका सन्दर्भमा पूूर्व अध्यक्षहरू गीता क्षेत्री, कर्णबहादुर शाही र ऋतुराज सापकोटाले आज संयुक्त आह्वान जारी गरेका हुन् । संस्थाका अध्यक्ष पाण्डव हमाल ठकुरी र पक्षले वीरगञ्ज र अर्का एक अध्यक्ष सुवास न्यौपाने पक्षले काठमाडौँ महाधिवेशन गर्ने भनी सूचना सम्प्रेषण गरेकामा बारा जिल्ला नेशनल प्याब्सनको संयोजन र मधेस प्रदेशका आठवटै जिल्लाको सहकार्यमा बारा जिल्लाको सिमरामा भएको केन्द्रीय पदाधिकारी तथा सदस्यबीच भएको छलफलमा आठौँ महाधिवेशनको मिति र स्थानका सम्बन्धमा निर्णय लिन आफूहरूसमेतलाई दिइएको जिम्मेवारीका आधारमा सो आह्वान गरिएको जनाइएको छ ।

तीन पूर्वअध्यक्ष र अध्यक्षद्वय ठकुरी र न्यौपानेसहितको पाँँच जनालाई सिमराको बैठकले सर्वसम्मत रूपमा मिति र स्थानबारे निर्णय लिन जिम्मेवारी दिएकामा छलफलका क्रममा केन्द्रीय समिति बैठकको निर्णयको वैधानिकताको प्रश्न उठेपछि दुवै पक्षलाई प्रमाणित निर्णय पुस्तिकाको प्रतिलिपि यही फागुन १० गतेभित्र बुुझाउन समय दिइएको थियो । 

उक्त अवधिमा एक पक्षले कैलालीको धनगढीमा भएको निर्णय पुस्तिका बुझाएको र अर्काे पक्षबाट निर्णय पुस्तिकाको प्रतिलिपि प्राप्त नभएकाले केन्द्रीय समितिको धनगढीमा भएको सातौँ बैठकले गरेको निर्णयानुसार पर्साको वीरगञ्जमा यही फागुन  १५ र १६ गते हुने राष्ट्रिय महाधिवेशन वैधानिक हुने ठहर तीन पूर्वअध्यक्षहरूको रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्