२३ जेठ २०८३, शनिबार

धर्मको आवरणमा महिलामाथि यस्तो हर्कत

धर्मको आवरणमा महिलामाथि यस्तो हर्कत

काठमाडौं, ७ मंसिर— केहि महिना पहिला भारतीय बाबा रामरहिम बलात्कार काण्डमा दोषी पाइएपछि जेल जान बाध्य भए । 
 भारतमा  धर्मको आडमा यौन अपराधहरुका घटना बाहिर आइरहन्छ। यस्तै घटना नेपालमा पनि भएको छ । 
एक व्यक्ति धर्मको आडमा महिलामाथि यौन शोषण गरेको अभियोगमा  पक्राउ पक्राउ परेको छन् । 
आफु दशौं पुस्ता सम्म एउटै कुलमा जन्मेको जन्मजात अवतारी लामा भएको र जुन सुकै रोग पनि निको पार्न सक्ने दैवी शक्ति रहेको भन्दै  उपचार गर्न आउने महिलाहरूलाई विश्वासमा पारेर  यौन शोषण गर्ने रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) उर्फ टुल्कु लामालाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा ब्यूरोले मंसिर ५ गते दक्षिणकाली नगरपालिका १ स्थित  चाल्नाखेल, वोशन स्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरेर आज सार्वजनिक गरेको हो । 
उनमाथि काठमाण्डौ जिल्ला अदालतबाट जवर्जस्ती करणी तथा बिद्युतिय कारोवार ऐन अन्तर्गतको मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार १० वर्षदेखि  उनी चाल्नाखेल वोशन स्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा संञ्चालन गरी बसेका थिए । 
त्यहाँ उपचार गराउन आएका महिलाहरूलाई उपचारको क्रममा एक्लो कोठामा निर्वस्त्र गराई जवरजस्ती शरिरीक सम्बन्ध राख्ने गरेका थिए ।  त्यसपछि उनले विभिन्न डरत्रास देखाउँदै विषय बाहिर नल्याउन दवाव दिँदै आएको पनि प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्