
झन्डै पौने ४ किलो सुनसहित ४ विदेशी नागरिक पक्राउ परेका छन् ।
फ्लाइ दुबईको विमानद्वारा काठमाडौं ओर्लिएका उनीहरूलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ३ महिला र एक पुरुष रहेको विमानस्थल प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ३७ सय ४५ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।