१२ असार २०८३, शुक्रबार

सल्लाघारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

फागुन १५, २०८१
मकवानपुर
सल्लाघारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्षीय कमलबहादुर बोहरा रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रामनगरबाट हात्तीलेटतर्फ जाँदै गरेको ना५४प १८७६ नंको मोटरसाइकलले बुधबार साँझ पैदलयात्री बोहरालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो । 

उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय चौघडाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्