०४ असार २०८३, बिहीबार

गौतमबुद्ध भारतमा जन्मिएको भन्ने  दलाई लामाको चर्को आलोचना

गौतमबुद्ध भारतमा जन्मिएको भन्ने  दलाई लामाको चर्को आलोचना


काठमाडौँ, ७ मंसिर - धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ । 

आज एक विज्ञप्ति जारी गरी सभाले लामा जस्ता धार्मिक व्यक्तित्वले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक भएको जनाएको हो । 

संयुक्त राष्ट्र संघसमेतले बुद्ध नेपालमा जन्मिएका भनी यथार्थ मान्दै विश्व सम्पदा सूचीमा राखिसकेको तथ्य थाहा नपाएजस्तो गरी लामाबाट गौतमबुद्ध भारतमा जन्मिएका हुन् भनिनुले आफूहरुलाई दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्