०५ साउन २०८३, मंगलबार
बुटवलको नमूना स्कूल

एउटा रोचक संयोग : एउटै विद्यालयमा काम गर्छन् '१३ जोडी' [भिडियोसहित]

फागुन १७, २०८१
बुटवल
एउटा रोचक संयोग : एउटै विद्यालयमा काम गर्छन् '१३ जोडी' [भिडियोसहित]

एउटै विद्यालयमा दर्जन बढी शिक्षक/कर्मचारी दम्पती कार्यरत छन्, झट्ट सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ, तर, यो सत्य हो । 

बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा ‘१३ जोडी दम्पती’ कार्यरत छन् । १३ दम्पती एउटै विद्यालयमा पढाउने/सँगै काम गर्ने गर्छन् । उनीहरूमध्ये धेरै शिक्षक हुन् भने केही कर्मचारी छन् । 

कालिका मानवज्ञान मावि देशकै एउटा उत्कृष्ट विद्यालय हो । कालिका मानवज्ञान अभिभावक र विद्यार्थीको पनि पहिलो रोजाइमा पर्ने विद्यालय हो । 

कृष्ण अधिकारी र रेनुका शर्मा कालिका मानवज्ञानका दम्पती शिक्षक हुन् । रेनुका मावि स्थायी (कम्प्युटर) शिक्षक हुन् भने कृष्ण विज्ञान शिक्षक हुन् । दुवैले दशकभन्दा बढी समयदेखि विद्यालयमा पढाइरहेका छन् । 

अर्को जोडी हो युवराज कँडेल र विष्णुकुमारी पौडेलको । कँडेल विज्ञान विषयका निमावि स्थायी शिक्षक हुन् भने पौडेल आन्तरिक स्रोतबाट नियुक्त प्लस टु शिक्षक हुन् । कँडेलले विज्ञानसँगै ‘प्लस टु’सम्म कानून संकाय र विष्णुले अर्थशास्त्र पढाउँछन् । युवराजले तीन दशकदेखि पढाउँदै आएका छन भने विष्णुले कालिकामा पढाउन थालेको पनि दशक पुगिसकेको छ । 

विद्यालयमा पढाउने अर्को जोडी हो खेमनारायण तिवारी र दया कुमारी अर्यालको । खेमनारायण निमावि गणित र दयाकुमारी मावि गणित पढाउने स्थायी शिक्षक हुन् । खेमले विद्यालयमा पढाउन थालेको दुई दशक पुग्यो भने दया कुमारी आएको पनि ८ वर्ष भयो । 

त्यस्तै, विद्यालयमा पढाउने अर्को जोडी इवराज तिवारी र निर्मला शर्माको हो । इवराज निमावि अंग्रेजी शिक्षक हुन भने निर्मला विद्यालय स्रोतबाट नियुक्त प्रावि शिक्षक हुन् । इबराले पढाउन थालेको डेढ दशक भयो भने निर्मलाले पढाउन शुरू गरेको पनि ८ वर्षभन्दा बढी भयो । 

त्यस्तै, अर्को जोडी विमल आत्रेय र निर्मला मरासिनीको हो । विमल निमावि गणित स्थायी शिक्षक हुन् भने निर्मला विद्यालय स्रोतबाट नियुक्त ‘प्लस टु’ शिक्षक हुन् । विमलले कालिकामा पढाउन थालेको १७ वर्ष भयो भने निर्मला कालिका प्रवेश गरेको पनि ६ वर्ष नाघ्यो । 

अर्को जोडी हो कृष्णप्रसाद गौतम र विना पोखरेलको । कृष्ण प्रावि स्थायी हुन् भने अम्बिका विद्यालय स्रोतबाट नियुक्त शिक्षक हुन् । कृष्णले पढाउन थालेको १२ वर्ष पुग्यो भने अम्बिकाले पनि ४ वर्ष भइसकेको छ । 

null

अर्को जोडीमा पर्छन् रामबहादुर जीसी र सृजना कुँवर । रामबहादुर प्रावि स्थायी शिक्षक हुन् भने श्रीमती ‘होस्टेल वार्डेन’ हुन् । उनीहरू पनि दशकदेखि कार्यरत छन् । 

त्यस्तै, अर्को जोडी हो, निरज मल्ल र गीता श्रेष्ठको । निरज विद्यालयको लेखा सहायक हुन् भने गीता विद्यालय स्रोतबाट नियुक्त निमावि गणित शिक्षक हुन् । यो जोडी पनि दशकदेखि कालिकामा कार्यरत छ । 

बसन्त खत्री र गीता खत्री पनि दम्पती हुन् । कार्यालय सहायक दुवै जना विगत डेढ दशकदेखि कार्यरत छन् । कृष्णबहादुर गाहा र उनकी पत्नी राधा गाहा सुरक्षा गार्ड हुन् । दुवै जनाले काम गर्न थालेको पनि लामो समय भइसक्यो ।

रामचन्द्र थापा र रितु थापा मगरको जोडी र रामबहादुर रायमाझी र लक्ष्मी रायमाझीको जोडी पनि विद्यालयमा कार्यरत छ । उनीहरू कार्यालय सहयोगी, सुरक्षा गार्ड र होस्टेलको भान्छे हुन् । 

त्यस्तैगरी दीपेन्द्र मौय र सरिता मुराउ अर्को जोडी हो । उनीहरू प्राथमिक तहका निजी स्रोतका शिक्षक हुन् । 

शिक्षक जोडी रहेका तर, फरक विद्यालय पढाउने शिक्षकहरू पनि कालिकामा छन् । त्यस्ता शिक्षक ५ जोडी रहेका छन् । कालिकाका शिक्षक सुदर्शन रेग्मी, मधुसुधन बेल्बासे, विष्णु ज्ञवाली, विवेकराज पोखरेल र पित्ताम्बर ज्ञवाली, मन्जु पोखरेल, विष्णु खनाल, विष्णु न्यौपाने र गुणाखर भट्टराईको पनि शिक्षक जोडी हुन् । तर, उनीहरू अलग अलग विद्यालयमा पढाउँछन् ।

शिक्षक इवराज तिवारी दुवैले एउटै स्कूलमा पढाउँदा आइडिया, शेयर गर्न, प्रविधिमैत्री शिक्षण र योजना बनाउन सहज हुने बताउँछन् । एउटै संस्थामा पढाउँदा विद्यालयको सिस्टम दुवैलाई थाहा हुने र एकअर्कालाई भनिरहन आवश्यक नपर्ने उनको भनाइ छ । 

null

शिक्षक युवराज कँडेल दम्पती एउटै विद्यालयमा कार्यरत हुँदा स्कूलका समस्या घरमा पनि छलफल हुने बताउँछन् । शिक्षक कृष्ण अधिकारीले एउटै विद्यालयमा श्रीमान श्रीमतीले पढाउँदा पारिवारिक सन्तोष पनि हुने बताए । ‘यसको राम्रा पक्ष धेरै छन्,’ अधिकारी भन्छन्, ‘बिदासँगै मनाउन पाइने, कालिकाजस्तो ठूलो स्कूलमा धेरै समय दिनुपर्दा घरमा बालबच्चालाई समय दिन नपाइने पनि हुने रहेछ ।’

कालिका सेक्टर ‘वन’ र सेक्टर ‘टु’ का रूपमा सञ्चालनमा छ । ‘शिक्षक सेवाबाट नाम निकालेर आउने त भइहाले विद्यालय स्रोतबाट छनोट भएका पनि विद्यालयले लिएको आन्तरिक प्रतिस्पर्धामा आएका हुन्’ विद्यालयका प्रधानाध्यापक दिनेश थापा भन्छन्, ‘यस्तो संयोग कमै विद्यालयलाई मिल्छ, धेरै पक्ष राम्रा छन् तर, एउटै विद्यालयमा दम्पती शिक्षक हुँदा कहिलेकाही दुवैजना बिदा बस्नुपर्नेजस्तो अवस्था हुन्छ ।’ शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि/सांसद सबैको प्रयत्नबाट कालिका अहिलेको अवस्थामा आइपुगेको उनले बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले । दक्ष शिक्षक र कर्मचारीको सामूहिक प्रयासबाट स्कूल अहिले देशकै नमूना र उत्कृष्ट शैक्षिक संस्था बनेको बताए । सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढाउन शिक्षक कर्मचारीका छोराछोरी सामुदायिक स्कूलमै पढाउन अनिवार्य रहेको उनको भनाइ छ । ‘यो गरिमा जोगाउँदै अझै माथि लैजान हामी क्रियाशील छौं,’ उनले भने । 

८ हजार विद्यार्थी अध्ययनरत विद्यालयमा २७० जना शिक्षक/कर्मचारी कार्यरत छन् । जसमध्ये दरबन्दी जम्मा ६२ जनाको मात्र हो । जसमा शिक्षकतर्फ ५४, कर्मचारी ४ र इसीडी सहजकर्ता ४ जना हुन् । बाँकी सबै निजी स्रोतबाट हो ।

विद्यालयमा मासिक १ करोड ३० लाख रुपैयाँ खर्च हुन्छ, जसमध्ये ३० लाख सरकारी हो भने बाँकी मासिक १ करोड रुपैयाँ विद्यालयका आन्तरिक स्रोतबाट खर्च हुन्छ । 

विद्यालयमा ३०० कक्षाकोठा छन् । विद्यालयको भौतिक संरचना पनि लोभलाग्दा नै छन् । नयाँ शैक्षिक सत्रमा भर्ना हुन संस्थागत विद्यालय छाडेर ५ हजारभन्दा बढी विद्यार्थी आउँछन् । स्कूलको क्षमताभन्दा बढी विद्यार्थी आएपछि स्कूलले ‘इन्ट्रान्स’ परीक्षा लिने गर्छ । 

वि.स. २०६५ सम्म कालिकाको शैक्षिक र भौतिक अवस्था दयनीयजस्तै थियो । डेढ दशकमा कालिकाले काँचुली फेरेको हो । 

आधुनिक कक्षाकोठा, फर्निचरसहितको भूकम्पप्रतिरोधी र अपांगमैत्री भवन छन् । साधारण र प्राविधिक शिक्षा दुवैमा विद्यालयको नतिजा उत्कृष्ट छ । 

बालविकास कक्षामा मन्टेश्वरी विधि अवलम्बनगरी शिक्षण सिकाइ गराइन्छ । द्वन्द्वपीडित, आर्थिक रूपमा विपन्न विद्यार्थीलाई निःशुल्क आवासको व्यवस्थासमेत सञ्चालनमा छ ।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्