२२ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्रीको व्यङ्ग्य : ‘केही व्यक्ति सपनामा पनि चुनाव सरेको देख्छन्’

मंसिर ८, २०७४
प्रधानमन्त्रीको व्यङ्ग्य : ‘केही व्यक्ति सपनामा पनि चुनाव सरेको देख्छन्’

काठमाडौँ, ८ मङ्सिर  - नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत विकट र दुर्गम क्षेत्रको विकासलाई अब कसैले रोक्न नसक्ने बताएका छन्  ।  बिहीबार कालीकोट, रोल्पा, रुकुम लगायतका जिल्लामा सुरक्षा अवस्था बुझ्न र स्थानीय बासिन्दासित भेटघाट गर्न पुगेका  प्रधानमन्त्री देउवाले विकट क्षेत्रले अब रोग, भोक र शोकमा होइन; पूर्वाधार खडा भइसकेकाले आर्थिक विकास र समृद्धिमा अगाडि बढ्नुपर्ने बेला आएको बताए, गोरखापत्रमा खबर छ   ।  

यस्तै   रोल्पाको लिवाङमा आयोजित लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुुहुँदै काँग्रेसका सभापतिसमेत रहेका  प्रधानमन्त्री देउवाले द्वन्द्वका बेला सबैभन्दा धेरै मानिसले ज्यान गुमाउनु परेको स्मरण गर्दै काँग्रेसले नै शान्तिप्रक्रियाको नेतृत्व गरी मुलुकलाई नयाँ युगमा प्रवेश गराएको बताए  ।  
  
प्रधानमन्त्रीले देउवाले सरकार निर्वाचन गराउन रातदिन खटिरहे पनि कतिपय नेता भ्रम छर्न व्यस्त रहेकोप्रति आपत्ति प्रकट गरे ।  आरोप लगाउनेले मङ्सिर १० र २१ गते भोट खसाएपछि पनि ‘शेरबहादुर देउवा’ले चुनाव सार्दैछ भन्न बेर लगाउँदैनन् भन्दै उनले  व्यङ्ग्य गरे , “केही व्यक्तिहरू सपनामा पनि चुनाव सारेको देख्छन् होला कि ?”

salt training

कमेन्ट गर्नुहोस्