०५ असार २०८३, शुक्रबार

मङ्सिर दोस्रो हप्तासम्म पनि रोकिएन ज्वरो !

मंसिर ८, २०७४
मङ्सिर दोस्रो हप्तासम्म पनि रोकिएन ज्वरो !

भरतपुर,८  मङ्सिर -  जाडो बढ्दै गए पनि चितवनमा उच्च ज्वरोका बिरामीको सङ्ख्यामा कमी आएको छैन ।  वर्षाद् सुरु हुनुसँगै चितवनमा देखिन थालेको उच्च ज्वरो जाडो बढ्दै गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।  
चितवनमा असार साउनदेखि कात्तिक १५ सम्म ज्वरोका बिरामी पाइन्थे तर यो वर्ष मङ्सिर दोस्रो हप्ता हुँदा पनि ज्वरो नरोकिएको भरतपुर अस्पतालका सूचना अधिकृत गोपाल पौडेलले बताए । 
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा देखिएको ज्वरोको यो अवस्था मानवीय स्वास्थ्यका हिसाबले डर मान्नुपर्ने अवस्था हो ।  ज्वरोमा धेरै जसो भाइवर फिवर हो भने केहीमा स्क्रबटाइफस, डेङ्गु र चिकनगुनिया पनि देखिएको छ । 
कार्यालयका अनुसार स्क्रबटाइफस, डेङ्गु र चिकनगुनियाबाट मात्रै विगत चार महिनामा चितवनका अस्पतालमा नौ जनाको मृत्यु भइसकेको छ ।  मृत्यु हुनेमध्येमा दुई जना चितवनका हुन् भने अरू सबै बाहिरी जिल्लाबाट उपचारका लागि भरतपुर ल्याइएका हुन्, गोरखापत्रमा खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्