
नवलपरासी, ८ मंसिर– नेपाली कांग्रेसका महामन्त्री तथा नवलपरासी पूर्व (नवलपुर) क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शशांक कोइरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर–कुकर बम फेला परेको छ ।
नवलपसारी बर्दघाट नगरपालिका–२ मा रहेको चौधरी उद्योग अगाडि रहेको कांग्रेसको पार्टी कार्यालय अगाडि कुकर बम भेटिएको हो ।
बम निष्क्रय पार्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ लागेको छ । राति करिब २, ३ बजेको समयमा राखिएको बम बिहान ५ बजेतिर गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।