१२ साउन २०८३, मंगलबार

घरमा सुतिरहेकै अवस्थामा कुटिए कांग्रेसका नेता

घरमा सुतिरहेकै अवस्थामा कुटिए कांग्रेसका नेता

धादिङ, ८ मंसिर– नेपाली काँग्रेस धुवाँकोट नगरपालिका संयोजक सन्तोष बस्ताकोटीमाथि घरमै सुतिरहेको अवस्थामा कुटपिट भएको छ । 

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १४ अन्तर्गत नेपाली काँग्रेसको निर्वाचन परिचालन समितिका संयोजक रहेका बस्ताकोटीलाई एमाले कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

बस्ताकोटीलाई सोही वडाका निर्वाचित वडाध्यक्ष रोशन तामाङ सहितको ९ जनाको समूहले शुक्रवार विहान घरमै रहेको समयमा धारिलो हतियार प्रयोग गरि आक्रमण गरेको आरोप उनका परिवारको आरोप  छ ।

घाइते बस्ताकोटीको टाउकोको दाँयाबायाँ भाग र दुवै खुट्टामा गहिरो चोट लागेको छ । घाइतेको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते चुनाव हुने धादिङमा मौन अवधि शुरु भएपछि घरमा बसिरहेका आफ्ना कार्यकर्तालाई ज्यान मार्ने उद्धेश्यले आक्रमण गरिएको नेपाली काँग्रेस धादिङका सभापति तथा प्रदेश सभाका उम्मेदवार रमेश धमलाले बताए । धमलाले आक्रमणमा संलग्न पहिचान भएको र तत्काल उनीहरुलाई कानुनी कारवाहीको माग गरेका छन् ।

बस्ताकोटीलाई आक्रमण गर्ने चारजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय धादिङमा ल्याइँदै गरेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्