०७ असार २०८३, आइतबार

इभान्का ट्रम्पलाई भारतमा भव्य स्वागत गरिने, सुनको थालमा खान दिइने

इभान्का ट्रम्पलाई भारतमा भव्य स्वागत गरिने, सुनको थालमा खान दिइने

काठमाडौं, ८ मंसिर — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पको नेतृत्वमा एक टोली भारत आउन लागेको छ । हैदराबादमा मंसिर १२ देखि १४ गतेसम्म  हुने ग्लोबल इकोनोमिक समिटमा भाग लिन इभान्का आउन लागेकी हुन् ।

इभान्कालाई हैदराबादमा सुन र चाँदीको थालमा खाना खुवाइने भएको छ । अनि उनको स्वागतका लागि थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया र बेंगलुरुबाट महंगा फूलहरू समेत मगाइएको छ । 

उनलाई खाना खुवाउन ताज होटलबाट फरक फरक शेफहरूलाई बोलाइएको छ र उनीहरूले विशेष परिकार बनाउनेछन् । 

इभान्काको सुरक्षाका लागि धेरै सुरक्षाकर्मी खटाइएका छन् । एलिट ग्रेहाउन्डका विज्ञ निशानेबाज र अक्टोपस कमान्डो फोर्सले उनलाई सुरक्षा दिनेछन् । 

कमान्डोहरू रुसमा बनेका राइफल र आधुनिक हतियारसहित तैनाथ हुनेछन् । 

अमेरिकाको सिक्रेट सर्भिसले पठाएका तीनवटा बुलेटप्रूफ गाडी चढेर इभान्का यताउता जानेछिन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्