
काठमाडौं, ८ मंसिर — इन्टरनेटमा आजकल एक नर्सको तस्वीर आजकल खुबै शेयर भइरहेको छ । ताइवानमा बस्ने यी नर्सको नाम निङ चेन लिन हो । उनी आफ्ना हट सेल्फीका लागि प्रसिद्ध छिन् ।
पच्चीस वर्षीया निङले इन्स्टाग्राममा धेरै सेल्फी हाल्ने गरेकी छन् । 
उनको सुन्दरताका कारण क्लिनिकमा युवकहरूको लामो लाइन लाग्ने गरेको छ । निङलाई अहिलेसम्मकै हट नर्स मानिँदै आएको छ ।
निङ ताइवानको एक क्लिनिकमा डा मिनका साथ काम गर्छिन् ।
उनका तस्वीरहरू छिट्टो भाइरल भएर हेर्दाहेर्दै फलोअर्सको संख्या बढ्यो ।
निङलाई हेर्नैका लागि क्लिनिकमा युवकहरूको भीड लाग्न थाल्यो । 
यसअघि ताइवानमै बस्ने नर्स क्यारिना पनि सेल्फीका कारण रातारात हिट भएकी थिइन् ।
एजेन्सी