२१ जेठ २०८३, बिहीबार

पुतलीजस्तो देखिन थुप्रैचोटि सर्जरी गरे यी व्यक्तिले

पुतलीजस्तो देखिन थुप्रैचोटि सर्जरी गरे यी व्यक्तिले

काठमाडौं, ८ मंसिर — पुतलीजस्तो देखिनका लागि शरीरका लगभग सबै हिस्साको सर्जरी गराइसकेका रोड्रिगो आल्भ्सलाई ह्युमन डल भनेर चिनिन्छ । उनी अहिले भारतमा एक बलिउड फिल्मको शूटिङका लागि आइपुगेका हुन् । 

इन्स्टाग्राममा ह्युमन डल नामबाट प्रसिद्ध रोड्रिगोले भारतमा योग गरेका तस्वीर सार्वजनिक गरेका छन् । 

रोड्रिगोले राजकुमारको भूमिका खेल्ने आफ्नो पुरानै सपना रहेको बताएका छन् । बलिउड फिल्ममा उनले डेनमार्कको राजकुमारको भूमिका निर्वाह गरेका छन् । 

ब्राजिलका रोड्रिगोले शरीरको सर्जरीका लागि लगभग साढे ६ करोड रुपैयाँ खर्च गरिसकेका छन् । अझै सर्जरी गरेर उनी पुतलीको जस्तो कम्मर बनाउन चाहन्छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्